ट्याक्टर दुर्घटनामा परी घाईते भएका तामाङलाई थप उपचारको लागि नोबेल अस्पताल रेफर, अन्य उपचार पछि डिस्चार्ज

भोजपुर । भोजपुरको चखेवामा ट्याक्टर दुर्घटना हुदा पाँच जना घाईते भएका छन् । चखेवाबाट भोजपुर आउदै गरेको को २ त ४२०७ नम्बरको ट्याक्टर दुर्घटना हुदा चालक सहित ५ जना घाईते भएका हुन् ।

घाईते हुनेमा टेम्केमैयुङ गाउँपालिका ५ चोलन्ति बस्ने बर्ष २० को सेवालुङ राई, सोहि ठाउ बस्ने बर्ष १५ को धन बहादुर विष्ट, बर्ष २० को देबेन्द्र विष्ट, बर्ष २३ को निरज विष्ट, र रामप्रादराई गाउँपालिका ३ वस्ने बर्ष ३२ को राज कुमार तामाङ घाईते भएका हुन् । घाईते हुुने सेवालुङ राईको छातीमा चोट लागेको छ भने धन बहादुर विष्टको बाया घुडामा चोट देवेन्द्र विष्टको टाउकोमा चोट, निरज विष्टको टाउको, छातिमा सामान्य चोट र राजकुमार तामाङको टाउकोमा चोट लगेको र सवै वोल्न सक्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दल कुमार वाम्बुले राईले जानकारी दिए । आज दिउसो ३ वजेर ५० मिनेटमा ट्याकटरको लोड पिन भाचिदा रोडको साईडमा ट्याकटर पल्टी दुर्घटना भएको थियो ।

घाईते मध्ये गम्भीर घाईते भएका राज कुमार तामाङलाई थप उपचारको लागि बिराटनगर नोबेल अस्पतालको लागि रेफर गरिएको छ भने चालकलाई जिल्ला अस्पतालमा सामान्य उपचार गराई डिस्चार्ज भएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरको नियन्त्रणमा राखिएको छ । अन्य तीन जना भने सामान्य उपचार गरी डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार