पौवादुङ्मा १ तिलारमा रहेको त्रिपुरेश्वर महादेव झाराली गुफाको विकासका लागि भव्य श्रीमद शिव महापुराण

भोजपुर। भोजपुरको पौवादुङमा गाउँपालिका १ तिलारमा रहेको प्रसिद्ध धार्मिक स्थल त्रिपुरेश्वर महादेव तथा झाराली गुफामा श्रीमद शिव महापुराण भव्य रुपमा भईरहेका छ ।

यहा रहेको प्रसिद्ध धार्मिक स्थल त्रिपुरेश्वर महादेव र झाराली गुफाको प्रचार प्रसार गर्न उक्त श्रीमद शिव महापुराण आयोजना गरिएको मन्दिर संरक्षण समितिका अध्यक्ष सीताराम श्रेष्ठले बताए।

पूर्वको प्रसिद्ध त्रिपुरेश्वर महादेव तथा यहाँको झाराली गुफाको संरक्षण सहयोगार्थ ११ दिने महापुराणको आयोजना गरिएको हो । मङ्सिर १५ गतेबाटसु्ररु गरिएको पुराण मंसीर २५ गतेसम्म सञ्चालन हुने छ ।

महापुराणले धार्मिक तथा साँस्कृतिक एकता कायम गर्न सहयोग पुग्ने र धार्मिक पर्यटन विकास गर्दै यो स्थलको विकास तथा संरक्षणमा सहयोग पुग्ने समेत अध्यक्ष श्रेष्ठले बताए ।

पूर्वको पशुपति भनेर चिनिएको खोटाङ हलेसीको दोश्रो रुपको पहिचान बनाएको यस धामिृक स्थलको संरक्षणमा विगतबाट चन्दा संकलनसँगै वडा कार्यालय तथा गाउँपालिकाबाट बजेट माग गरेर संरक्षणको काम भइरहेको आयोजकले बताएका छन् ।

४२ वर्षअघि अर्थात २०२८ सालमा उत्पति भएको यो देवस्थल अहिले संरक्षण र प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । हसेलीको जस्तै गुफा भित्रका शिव, पार्वती, राम, सीता, हनुमान, गौरी गणेश लगायत देवताको मुर्तीसँगै आश्चर्यजनक झाराली गुफासमेत रहेको छ ।

करीब दुई रोपनी क्षेत्रमा रहेको यो देवस्थलको संरक्षणमा अहिले स्थानीय जनता जागरुक भएर महापुराणको आयोजना गरेका हुन् । हलेसीमा झै गाईका थुन जस्तै देखिने ढुङ्गाका आकृति, नागका चित्र, हात्तीको चित्र, ढुङ्गामा उत्पति भएका दियोसँगै गुफाभित्र पोखरीसमेत रहेको छ ।

यहाँ दर्शन गरे सन्तान नहुनेको सन्तान प्राप्ति हुने, सोचे चिताएको पुग्ने धार्मिक विस्वास रहेको स्थानीय प्रमेश तामाङलेले बताए । कुनै बालबालिकाको बोली नआएमा यहाँ ल्याएर दर्शन गराए वाक्य आउने समेत तामाङको भनाई छ । यहाँ बर्षमा तीन पटक राम नवमी, बालाचतुर्दशी र शिवरात्रीमा सात दिनसम्म भव्य मेला लाग्ने गरेको छ ।

स्थानीय युवाहरु योगेश श्रेष्ठ र प्रमेश तामाङले आफ्नो व्यक्तिगत पैसामा शिवको मूर्ती र दश फुटको त्रिशुल स्थापना गरिएको छ । त्यस्तै चन्दा संकलन गरेर उनीहरुको पहलमा ८० हजार लागतमा घण्टी र २४ हजार लागतमा चन्दा बाकस राखिएको छ ।

चन्दा संकलनबाट नै मन्दिरसम्म पुग्नको लागि बाटो निर्माण गरिएको प्रमेश तामाङले बताए । मन्दिरको संरक्षण र प्रचार प्रसार गर्न महापुराणको आयोजना गरेका उनको भनाई छ ।

अहिले पुराणमा भक्तालसजनहरु आउने जाने भएको छ । स्थानीय धार्मीक तथा पर्यटकीय क्षेत्रको संरक्षण र च्रचार प्रसार गर्न यहाँका स्थानीयहरु शशक्त भएर लागेको पुरानमा सहभागी भक्तालुजनले बताएका छन् । पुरानमा दानवीरहरुले दान समेत गरिरहेका छन् ।https://www.youtube.com/watch?v=gx-OYPDfoAg

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार