भोजपुरमा ओलीलाई कालो झण्डा देखाउन खोज्ने छ जना पक्राउ

भोजपुर । भोजपुरमा एमाले अध्यक्ष केपी ओलीलाई कोलो झण्डा देखाउन खोज्ने छ जना पक्राउ परेका छन् । ओली भोजपुरबाट लेगुवातर्फ जाने क्रममा भोजपुर बजारमा बिहीबार बिहान कालो झण्डा देखाउने क्रममा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा जनता समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष मन्जु राई, दिनेश राई, धीरेन खिम्बुले, धीरज राई, मणि राई र तायाबुङ राई हुन् । भोजपुरका प्रहरी नायव उपरीक्षक सुदीपराज पाठकले कालो झण्डा देखाउान खोजेकाले नियन्त्रणमा लिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार