
सेमीफाइनलका लागि प्रतिस्पर्धामा रहेका ४० जना मध्येबाट छनौट गर्नु पर्ने नृत्य तथा गायनका कलाकारहरुको प्रतिस्पर्धाको कार्यक्रमलाई सुभारम्भ गर्दे नगरप्रमुख उदासले पालिकाको तर्फबाट ५० हजार सहयोगको प्रतिबद्धता जनाएका छन् ।
भोजपुर फिल्मस प्रालि र डाइमण्ड क्रु सेन्टरको आयोजनामा सुरु प्रनियोगितामा आगामी चरणका लागि नृत्य तर्फ १५ र गायन तर्फ १५ कलाकारहरु छनौट भएको डाइमण्ड क्रु सेन्टरका संचालक सुसन घिमिरेले जानकारी दिए ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले ट्रफी, मेडल र प्रमाण पत्रसहित नगद पुरस्कार समेत पाउने छन भने नृत्य र गायन एक वर्ष निशुल्करुपमा सिक्ने अवसर पाउने छन ।