षडानन्द नगरपालिकाद्धारा सात विद्यार्थी पुरस्कृत

भोजपुर । षडानन्द नगरपालिकाले उत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कारद्धारा पुरस्कृत गरेको छ । नगरपालिका समाजिक विकास शाखाले आबाल ब्रम्हाचारी षडानन्द अधिकारीको १८९ औं जन्म जयन्तीको अवसरमा सात जना विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ ।

नगरपालिका अन्र्तगत कक्षा आठमा उत्कृष्ट जिपिए प्राप्त गर्ने सन्त माध्यमिक विद्यालयका राशिका थापा, सावित्र माध्यमिक विद्यालयका सुदिप लुइटेल र निजि तर्फ न्यू समिट इङ्ग्लिस बोर्डिङ स्कुलका जेनिस राईले नगद ५ हजार सहित पुरस्कृत भएका छन् । त्यस्तै नगरपालिका भित्रको सामुदायीक विद्यालयहरुबाट कक्षा १० मा उत्कृष्ट जिपिए प्राप्त गर्ने छात्रा भगवति माध्यमिक विद्यालयका पल्पसा जिसि र छात्र सावित्र माध्यमिक विद्यालयको सुदिप बस्नेतले नगद २० हजार पुरस्कारद्धारा पुरस्कृत भएका छन् ।

त्यस्तै नगरपालिका अन्र्तगतकै निजि तर्फबाट न्यू समिट ईङ्ग्लिस बोर्डिङ स्कुलका छात्रा/छात्र निशा तामाङ र अनुराज अधिकारीले नगद सात/सात हजार पुरस्कारद्धारा पुरस्कृत भएको छ । साथै सातै जना पुरस्कृत हुने विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप प्रशंसा पत्र प्रदान गरिएको षडानन्द नगरपालिका सामाजिक विकास समितिका संयोजक मन्दिप रसाईलीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार