घरमा आगलागी हुँदा नौ महिने शिशुको मृत्यु

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–३, झिरुबासस्थित क्याङ्रुङ् गाउँका श्यामबहादुर पल्लीको घरमा आगलागी हुँदा एक शिशुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा टेकबहादुर पल्लीकी नौ महिने छोरी दिप्सना पल्ली रहेको निस्दीस्थित रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालले जानकारी दिएको छ । शनिबार मध्याह्न १२ बजेतिर खरले छाएको घरमा एक्कासी आगलागी भएको हो ।

मृतक बालिकासहित घरमा दुई छोराहरू रहेका थिए । आगलागीबाट घरमा भएका अन्न, लत्ताकपडा, भाडाकुँडा जलेर पूरै नष्ट भएको वडाअध्यक्ष नविन्द्र सोती थापाले बताए ।

परिवारका अभिभावकहरु स-साना बालबालिकालाई मात्रै घरमा छोडेर दिउँसोको काममा गएको बेला घरमा आगो लागेको स्थानीय वडा सदस्य यामप्रसाद झेडीले बताए । घरमा रहेको अन्न, लत्ताकपडा, भाडाकुँडासहित सबै धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार