भोजपुरको पौवादुङ्मामा कृष्णबहादुर राईले एक करोड ३९ लाख लागतमा बनाईदिए तीन तले भवन

भोजपुर । भोजपुरको पुर्वी पौवादुङ्मा गाउँपालिका वडा नं. २ हावु (थर्पूमा) एक करोड ३९ लाख व्याक्तिगत लगानीमा कृष्णबहादुर राईले विद्यालय भवन निर्माण गरिदिएका छन् । स्थानीय हाँबुका कृष्णबहादुरले सोही वडामा रहेको सितलादेवी आधारभूत विद्यालयको नयाँ ५ कोठे भवन निर्माण गरि सोमवार एक कार्यक्रमका विच हस्तान्तरण समेत गरेका छन् ।

पूर्व ब्रिटिश आर्मी समेत रहेका राई विद्यालयको भौतिक संरचना जिर्न रहेको र आफु जन्मे हुर्केको ठाउँमा केहि गरौँ भन्ने भावनाका साथ विद्यालय निर्माण गरेको बताउछन् । “मैले स्वास्थ्य संस्था (हेल्थपोष्ट) बनाउने मनासय राखेको थिए तर हेल्थपोष्ट यस अघिनै बनि सकेको रहेछ त्यस पछि विद्यालयको भवन जिर्न देखे विद्यालयको भवा निर्माण गर्ने सोच बनाएर भवन निर्माण गरको हु ।” उनले भने । ७० वर्ष पुगेका राई भन्छन् “आफु जन्मे हुर्केको ठाउँमा केहि गर्ने मौका मिलेको थिएन, चतर आज त्यो मौका पाएर काम पनि सम्पन्न गरेर हस्तान्तरण गरे यसले यहाँको शैक्षिक गुणस्तरमा टेवा पुग्नेछ भन्ने मैले ठानेको छु ।” राईले विद्यालयको भवन मात्र नभई विद्याथी खेल्ने ठाउँ समेत बनाई दिएका छन् । राम्रो तथा सफा ठाउँमा पढ्न पाउँदा बालबालिकाको सिकाइमा पनि प्रभाव पर्ने उनले बताए ।

विद्यालयमा ६ कोठे पक्की भवनमा पढ्न पाउदा र विद्यलयको खेल्मैदानमा नै खेल्े सामग्री पाउदा विद्यार्थीहरु दंग भएका छन् । बसाइसराइ, जन्मान्तर लगायतका कारण हरेक वर्ष विद्यार्थी घट्दै गइरहे पनि भएकाको लागि गुणस्तर शिक्षा दिनमा नयाँ पक्की भवनको पनि प्रभाव पर्ने विद्यालयका प्रधानाध्यापक चन्द्र बोगटी बताउँछन् । उनी भन्छन् “बसाइसराइ, जन्मान्तर लगायतको कारण विद्यार्थी घट्दो छ । तर, घटेकोमा चिन्ता गर्ने भन्दा पनि भएकाको लागि गुणस्तर शिक्षा दिनु हाम्रो ध्येय छ त्यसमा यो नयाँ भवनको पनि महत्वपूर्ण प्रभाव पर्छ ।” विद्यालयमा हाल २० जना बालबालिका अध्ययनरत रहेको बताउदै प्रधानाध्यापक बोगटीले अव विद्यार्थीको आकर्षण बढ्ने र संख्यामा पनि वृद्धि हुने विश्वास गरेका छन् ।

नयाँ भवन पाएपछि कक्षा ४ र ५ अध्यापन अनुमति पाउन पनि सहज हुने उनी बताउँछन् । कक्षा ४ पढ्न करिब एक घन्टा टाढा हिँड्नुपर्ने भएकोले पालिकामा कक्षा ५ सम्म अध्यापन अनुमतिको लागि अनुरोध गरिरहेको उनले बताए । उनले भने, ‘४ मा पढ्न जान करिब एक घन्टा हिँड्नुपर्छ त्यसैले ५ कक्षासम्म अध्यापन अनुमति मागिरहेका थियौं, अब यो नयाँ भवन भएपछि पक्कै सहज हुन्छ भन्ने लागेको छ ।

यता गाउँपालिकाका अध्यक्ष किरण राईले आफु जन्मे हुर्केको गाउँको विकास गर्नु पर्छ भन्ने भावनका साथ कृष्णबहादुर राईले विद्यालयमा पक्की भवन निर्माण गरी एतिहासिक काम गर्नु भएको बताएका छन् । मानव शरी एक दिन मरेर गए पनि कृष्णबहादुर राईले शैक्षिक क्षेत्र सुधारका लागि गरेको यो योगदान पौवादुङ्मा वासीले सधै सम्झीरहने समेत बताएका छन् । उक्त नव निर्मित भवन पाँच कन्या र पौवादुङमा गाउँपालिकाका अध्यक्ष र भवन निर्माण कर्ता कृष्णबहादुर राईले भवनको उद्घाटन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार