हिमाली भू-भागका एक-दुई स्थानमा हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोबाट देशमा पश्चिमी वायुको आंशिक प्रभाव पर्ने सम्भावना छ ।

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ । तराई भू-भागका केही स्थानमा भने हल्कादेखि मध्यम हुस्स लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ । यस्तै बाँकी भू-भागको मौसम सामान्यतया सफा नै रहनेछ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक- दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति पनि देशका पहाडी भू-भागमा आंशिकदेखी सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार