भोजपुरको दिङ्लामा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुने

भोजपुर । भोजपुरको दिङ्लामा कोशी प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा कोशी प्रदेश भरिको पालिकाहरुले सहभागिता जनाउन पाउने गरि पालिका स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दावा शेर्पाले जानकारी दिए ।

भोजपुरको षडानन्द नगरपालिकाको केन्द्र दिङ्ला बजारमा हुने प्रतियोगितामा कोशी प्रदेश भरिका १ सय ३७ पालिकाहरुले सहभागी हुन पाउने छ । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५० हजार नगद सहित सिल्ड, मेडल साथमा प्रमाणपत्र पाउने छन् भने दोस्रो हुने टिमले १ लाख साथमा सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा तेस्रो हुने टिमले नगद ५० हजार साथमा सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् भने प्रतियोगितामा ६ विधामा उत्कृष्ट खेलाडीहरुले ५ हजार साथमा मेडल र प्रमाणपत्र पाउने जिल्ला खेलकुद कार्यालय भोजपुरका सचिव ग्याल्जेन शेर्पाले जानकारी दिएका छन् ।

प्रतियोगिता माघ २४ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने भएको छ । सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश, खेलकुद मार्फत पर्यटनको सन्देश भन्ने मुल नाराका साथ जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा कोशी प्रदेश भरिका पालिकाहरुले नगद रु २५ सय दर्ता शुल्क बुझाएर टिम दर्ता गर्न पाउने छन् भने सहभागि भए पश्चात टिम दर्ता शुल्क फिर्ता हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दावा शेर्पाले बताएका छन् ।

जिल्लामा स्तरीय भलिबल प्रतियोगिता नभईरहेको र जिल्लाबाट राष्ट्रिय टिम साथै भलिबल क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुको अत्यधिक भएको तर पछिल्लो समयमा भलिबलको क्षेत्रमा निराशाजनक अवस्था उत्पन्न भएकोले यो प्रतियोगिता आवश्यकता भएकोले प्रतियोगिता आयोजना गएिको खेलकुद समितिका अध्यक्ष शेर्पाले बताएका छन् । एक समयमा उत्कृष्ट प्रस्तुति साथै स्तरीय खेलाडीहरुको उत्पादन गर्ने जिल्लाको रुपमा परिचित जिल्ला आज गुमनाम नहोस भन्ने उदेश्यले यस्ता खालका स्तरीय प्रतियोगिता आयोजना गर्नुपर्ने आवश्यकता भएको कारण यो प्रतियोगिता आयोजना गरिएको समेत अध्यक्ष शेर्पाले बताएका छन् ।

अध्यक्ष शेर्पाले आफु जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त भएसंगै विभिन्न खेलकुदलाई दिर्गकालिन ढंगबाट विकास गर्नका लागि जिल्ला खेलकुद विकास समिति लागेको समेत बताए । कुनै पनि खेल होस त्यसको दिर्गकालिन विकासको लागि खेलकुद समिति अनिवार्य हैन अपरिहार्य आवश्यकताका साथ विकास गर्नु पर्छ भन्ने उदेश्यमा रहेको छ । खेलमा लागेका युवाहरु लहैलहैमा मात्रै हैन भोलि खेलमा लाग्दा पनि भविष्य बनाउन सकिन्छ भन्ने उदाहरण दिनका लागि समेत जिल्ला खेलकुद विकास समितिले योजना निर्माण गरिरहेको अध्यक्ष दावा शेर्पाले बताएका छन् ।

अध्यक्ष शेर्पाले खेलकुद विकास समितिको अध्यक्ष हुन भन्दा अगाडी विभिन्न खेलमा जिल्लाबाट प्रदेश स्तरीय खेलहरुमा आफ्नो सहभागिता जनाईसकेका छन् । शेर्पा विशेष गरि फुटबल, व्याडमिन्ट र बुद्धिचाल खेलमा आफ्नो गर्भिलो उपस्थिति जनाउने खेलाडी हुन् उन्ले भनेका छन् खेलकुद क्षेत्रबाट खेलको विकास मात्रै नभई समग्र राजनितिक, आर्थिक, सामाजिक र सांस्कृतिक साथै पर्यटनलाई समेत विकास गर्न सकिने उन्को धारणा रहेको छ ।

अझ विशेष खेलकुदको नारा राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने नारालाई पुर्ण सार्थकता दिनको लागि खेलकुद अपरिहार्य भएको बताउँछन् । खेल बिना मानिस अधुरो हुन्छ भने खेलले स्वस्थ्यलाई सुधार्ने काम गर्छ र मानिस पुर्ण रुपमा स्वास्थ्य हुन्छ भन्ने कुरामा अध्यक्ष शेर्पा पुर्ण विश्वस्त रहेको अध्यक्ष शेर्पा बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार