राज्य जनताको स्वास्थ्य र शिक्षामा भन्दा कमिशनको धन्दामा लाग्यो : शर्मा

भोजपुर । नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र न ३ का संघिय सांसद डा. शुनील कुमार शर्मालेले राज्य जनताको स्वास्थ्य र शिक्षामा नभई कमिशन धन्दामा लगेको आरोप लगाएका छन् ।

स्वास्थ्य शिविरका लागि भोजपुर आईपुगेका शर्माले नेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।

देश भरका सरकारी तथा प्राईवेट अस्पतालबाट स्वास्थ्य विमा गरेका विमितले उपचार पाउन सक्ने अवस्था बनाउन सरकार लागे एक हप्तामा सकिने बताउदै सरकार जनताको उपचारमा भन्दा कमिशनको खेलमा ठुलठुला ठेक्का निकाल्ने र ठेक्का कसरी आफु निकटकोलाई पर्ने भन्ने धन्दामा सरकार लागेको आरोप लगाए ।

सांसद शर्मा भोजपुरको दक्षिणी आमचोक र हतुवागडी गाउँपालिकामा हुन लगेको निशुल्क स्वास्थ्य शिविरका लागि आमचोक जाने क्रममा भोजपुर आईपुगेका हुन् ।

आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरका लागि भोजपुर आईपुगेका सांसद शर्माले यस्तो बताएका हुन् । भेली (सोमवार) नोबेल मेडिकल कजेज टिचिङ हस्पिटलको सहयोगमा आमचोक गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविरका लागि उनी आजै आमचोक प्रस्थान गरेका छन् ।

स्वास्थ्य उपचारको सहज पहुँचबाट बञ्चित नागरिकलाई सेवा दिने उद्धेश्यका साथ शिविर संचालन हुन लागेको हो, यसले नागरिकको स्वास्थ्यमा टेवा मिल्ने गरी संघीय सांसद तथा कलेजका संचालक सुनिल शर्मासँगको समन्वयमा शिविर आयोजना गरेको प्रदेश सांसद विनोद बान्तवाले बताए ।

दुई पालिकामा हुने शिविरमा हस्पिटलको बिशेषज्ञ डाक्टरहरुबाट सेवा प्रदान गरिने छ । शिविरमा जेनेरल मेडिसिन तथा मुटु रोग, प्रसुती तथा स्त्रीरोग, बालरोग, शल्यक्रिया, हाडजोर्नी तथा नसा रोग लगायतका बिभिन्न १३ वटा परीक्षणहरु हुनेछ ।

डा. शर्मा संगै नेपाली कांग्रेस जिल्ला कार्य समिति धनकुटाका सभापती दिनेश राई सचिव विजय सन्तोसी राई लगायतको टोली शिविरका लागि आमचोक गाउँपालिकाको केन्द्र वालांखा पुगेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार