ऐतिहासिक भोजपुर नगर डवली मेला २०८० यहि पुस २७ बाट लाग्दै

भोजपुर । भोजपुरमा ऐतिहासिक भोजपुर नगर डवली मेला लाग्ने भएको छ । भोजपुरको पर्यटन प्रर्वद्धन तथा कला संस्कृति र व्यावसायको प्रचारप्रसार गर्ने उद्धेश्यका साथ यहि यहि पुस २७ गते बाट भोजपुरको स्थानीय टुडिखेलमा मेला लाग्ने भएको छ ।

सामाजिक विकास संस्था भोजपुरको आयोजनामा मेला संचालनको लागि उप समिति गठन गरी मेला आयोजना गर्न लागिएको हो मेला संयोजक दिपक जोशीले जानकारी दिए ।

मेलामा कृषि जन्य मेता तथा कृषि उत्पादन स्टल, घरेलु (राडिपाखी, डालानाङ्ला,ठेकी कठुवा) लगायतका सामग्री प्रदर्शन, ड्रागन रेल, डट गेम, टिटि टेवल, लालपिल्ला, सोनो घिर्नी, ठुलो घिर्नी, हात खाली नजाने चिठ्ठा, पिङ, कोलम्वस, मिकि माउस संगै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको वेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

मेलामा आयोजकको कार्यक्रम सेडुल अनुसार पौष २७ गते राष्ट्रिय कलाकारहरुकमल खत्री, प्रिति आले र मेलिना मैनालीको वेजोड प्रस्तसती हुने भएको छ । माघ ९ गतेबाट १२ गते सम्म मेयरकप पुरुष अन्तरपालिका भलिवल प्रतियोगिता हुने छ भने माघ १५ देखि १८ गते सम्म अन्तर विद्यालय मा. वि. तथा प्रा. वि नृत्य प्रतियोगिता हुने छ ।

माघ २० गते गायिका ज्योती मगरको वेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । प्रतियोगितामा अनुमानित १८ लाख खर्च लाग्ने मेला संचालक समितिका सदस्य देउप्रकाश राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार