जलस्रोत, कृषी र पर्यटनको माध्यमबाट मुलकलाई समृद्ध बनाउन सकिन्छ : पुर्व मन्त्री कार्की

भोजपुर । जलस्रोत, कृषी र पर्यटनको माध्यमबाट मुलकलाई समृद्ध बनाउन सकिने पुर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन् । जलस्रोत, कृषि, पर्यटन लगायतका क्षेत्रमा पर्याप्त सम्भावना भएकाले ती क्षेत्रमा युवा जनशक्तिलाई सदुपयो संगै लगानी बढाउन सके नेपाललाई १० वर्ष भित्रमा एसियाको समृद्ध राष्ट बनाउन सकिने बताएका छन् ।

मंगलवार गृह जिल्ला भोजपुर आइपुगेका कार्कीले कांग्रेसका नेता कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा यस्तो बताएका हुन् ।कार्कीले विकास बिनाको राजनीति खोक्रो नारा मात्र हुने बताउँदै अहिलेको सूचना प्रविधिको युगमा जनतालाई छल्न नसकिने भएकाले जनतासँग सपथ खाएर आउने सबैले आफ्नो बाचा पूरा गर्नसके मात्र जनताले पत्याउने बताए ।

कांग्रेस केन्द्रिय सदस्य समेत रहेका कार्कीले देशको विकास नभईकन नेपालीको बिकास नहुने भएकाले वडा, पालिका, जिल्ला सवै क्षेत्रमा बिकासको लहर ल्याउन आवश्यक रहेको बताए। पार्टी भित्र पनि जनताको समृद्धिको लागि कुनै बिवाद नरहेको बताउँदै संघीय सांसद समेत रहनु भएका कार्कीले अवका दिनमा कांग्रेसलाई एक ढिक्का बनाउन पार्टी भित्र पनि विवेचना र विश्लेषण जरुरी रहेको बताए ।

नेता कार्कीले इतिहासले पनि कांग्रेसलाई मुलुक बनाउने जिम्मेवारी दिएकाले पार्टी भित्र पनि विवेचना र विश्लेषण जरुरी रहेको बताउदै आगामी दिनमा कांग्रेसलाई बलियो र ठुलो पार्टी बनाउन इमान्दारीताका साथ काम गर्न पनि कांग्रेसका नेता कार्यकर्तालाई आग्रह गरे । उनले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट उम्मेदवार बनेका नेता कृष्णप्रसाद सिटौलालाई विजयी गराउन पनि उनले जनप्रतिनिधीहरुसँग आग्रह गरे ।

मंगलबार भोजपुर आई पुगेका कार्कीले नेपाली कांग्रेसका नेता तथा कार्यकर्तासंग भेटघाट गरेका छन् भने वुधबार विहान भोजपुर नगरपालिकामा राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट उम्मेदवार बनेका नेता कृष्णप्रसाद सिटौलालाई लगायतको टोली र भोजपुरका जनप्रतिनिधीहरुसंग भेटघाट पछि भोजपुर नगरपालिका वडा नं. १० मा बनेको पक्की पुलेको उद्घाटन गर्ने नेपाली कांग्रेसका सह सचिव चक्र कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार