टेम्केमैयुङ गाउँपालिकामा अन्तर विद्यालय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

भोजपुर । टेम्केमैयुङमा पाँचौँ अन्तर विद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ । खेल क्षेत्रको विकास गर्ने लक्ष्यका साथ गाउँपालिका भित्रका ९ ओटा माध्यमिक विद्यालयको सहभागितामा विहिबार देखि प्रतियोगिता शुरु भएको हो ।

पाँचौँ अन्तर विद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समुद्घाटन गर्दै विधार्थीहरुमा रहेको प्रतिभाहरुको पहिचान गरी ती प्रतिभाहरुको प्रष्फुटन गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतियोगिताहरुमा अब्बल प्रतिस्पर्धीको रुपमा तयार गर्न सहयोग पुग्ने भोजपुर क्षेत्र नं. (ख) का प्रदेश सभा संसद विनोद बान्तवाले बताए । यसतै खेल खेलको लागि मात्र नभई स्वास्थ रहन, अनुशासित रहन र लागु पदार्थ दुव्यासनीबाट टाढै रहन खेलकुदले सहयोग पुग्ने बताउदै खेलको माध्यमबाट पर्यटन क्षेत्रको विकासमासमेत टेवा पुग्ने गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए ।

गाउँपालिकाको शैक्षिक सुधारका लागि अतिरित्त क्रियाकलापसंगै शिक्षण सिकाई क्रियाकलापलाई गुणस्तरिय बताउन विद्यालयहरुलाई प्रोत्साहनका कार्यक्रम सञ्चालन भईरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताईन । शिक्षालाई समय सापक्षसँगै गुणस्तरियढंगले अघि बढाउन भौतिक संरचनाको विकाससँगै प्रविधिमैत्री शिक्षणमा जोड दिएको उपाध्यक्ष राईको भनाइ छ ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पाँच लाख खर्च हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले बताए । गाउँपालिकाका विद्यालयहरु बीच, भलिवल, रिले दौड,लगायतका खेलहरु हुने गाउँपालिकाले जनाएको छ । उक्त उदघाटन कार्यक्रममा खेलकुद विकास समितिका सचिव ग्याल्जेन शेर्पा, स्थानीय वुद्धिजीवी, अभिभावक, पत्रकार लगायको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार