नगरपालिकालाई बालश्रम मुक्त घोषणा गर्न निजी क्षेत्रका व्यवसायीहरुको प्रतिबद्धता

भोजपुर । भोजपुरमा भोजपुर नगरपालिकालाई बालश्रम मुक्त नगरपालिका घोषणा गर्न निजी क्षेत्रका व्यावसायीहले प्रतिबद्धता जनाएका छन् । भोजपुर नगरपालिकाको आयोजनामा भएको वाल श्रम रोकथाम कार्यक्रममा निजी क्षेत्रको प्रतिबद्धता विषयक अभिमुखिकरण कार्यक्रममा उद्योग वाणिज्य संघ भोजपुरका अध्यक्ष कर्ण मोक्तानले १८ वर्ष पुरा नभएका बालबालिकालाई काममा नलगाउन जनचेतनामुलक घरदैलो कार्यक्रम गरी बालश्रम मुक्त नगरपालिका घोषणा गर्न सहयोग गर्ने बताएका छन् । भोजपुरमा संचालनमा रहेका व्यवसायीहरुलाई १८ वर्ष मुनीका बालबालिकाहरुलाई काममा नलगाउन अनुरोध गरी नगरपालिकालाई बालश्रम मुक्त नगरपालिका घोषणा गर्न सहयोग गर्ने अध्यक्ष मोक्तानले बताए ।
यस्तै नगरपालिकालाई बालश्रम मुक्त नगरपालिका घोषणा सरोकारवाला निकायहरु सवैले सहयोग गर्न भोजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढु्गेलले आग्रह गरेका छन् । विशेष गरी विद्यालयमा अध्यानरत विद्यार्थी नियमित विद्यालय आएको छ की छैन ? यदि आएको छैन भने के कारणले नआएको हो खोजी गर्न समेत विद्यालयलाई भनेका छन् ।

बालश्रम न्यूनीकरण गर्न घरायसी समस्या, आर्थिक अभाव, पारिवारिक सम्बन्ध र नागरिक सचेतना अभावका कारण बाल श्रम न्यूनीकरण हुन नसकेको सहभागीहरुले बताएका छन् । घरायसी समस्याका कारण काम गरेर खान बाध्य रहेका वालवालिकालाई सरकारले व्यावस्थापन गर्ने कुरामा लाग्नु पर्ने सरोकारवला निकायले सुझाव दिएका छन् ।

कानुनमा व्यवस्था भए अनुसार १४ वर्ष मुनिका बालबालिकालाई कुनै पनि श्रम लगाउन नपाइने र १८ वर्ष मुनिकालाई जोखिमयुक्त श्रममा लगाउन नपाइने ब्यवस्था छ । अन्तराष्ट्रिय श्रम संगठन र भोजपुर नगरपालिकाको साझेदारीमा असार मसान्त सम्ममा नगरपालिकालाई बाल श्रममुक्त घोषणा गर्ने गरी कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ ।

आज (मंगलवार) भएको वाल श्रम रोकथाम कार्यक्रममा निजी क्षेत्रको प्रतिबद्धता विषयक अभिमुखिकरण कार्यक्रम भोजपुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष जय बहादुर तामाङको अध्यक्षतामा भएको थियो । उक्त कार्यक्रममा उद्योग वाणिज्य संघ, नागरिक समाज, पेशागत संघ, संगठन, यातायात संघ, यातायात व्यवसायी, विभिन्न व्यावसायी, शिक्षक, पत्रकार लगायतको उपस्थितीमा कार्यक्रम भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार