भोजपुरमा वी डिभिजन व्याडमिन्टन प्रतियोगिताको उपाधि सुरज र खगेन्द्रको टिमलाई

भोजपुर । भोजपुरमा वी डिभिजन व्याडमिन्टन प्रतियोगिताको उपाधि सुरज र खगेन्द्रको टिमले हात पारेका छन् । राष्ट्रिय यवा संघ नेपाल भोजपुरको आयोजनामा बुधवार सम्पन्न भएको वी डिभिजन स्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिताको फार्यनल खेलमा मुमिहाङ राई र चन्दन कटुवालको समुहलाई हराउदै सुरज मगर र खगेन्द्र राईको समुह प्रथम बनेको हो ।

उक्त प्रतियोगितामा प्रथम हुने टिमले नगद २२ हजार २ सय २२ ट्रफी, मेडल र प्रमाण पत्र र द्धितिय हुने टिमले नगद ११ हजार १ सय ११ साथमा ट्रफी मेडल र प्रमाण पत्र पाएको राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष रविन थापाले जानकारी दिए । प्रतियोगितामा १९ टिमको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार