नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्मा फाल्गुण १९ गते भोजपुर आउदै

भोजपुर । नेपाली कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्न नेपाली काङ्ग्रेस केन्द्रिय समितिका महामन्त्री विश्वप्रकास शर्मा भोजपुर आउने भएका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरले यहि फागुन १९ गते शनीवारका दिन आयोजना गरेको जिल्ला सम्मेलनलाई प्रमुख अतिथिको रुपमा सम्वोधन गर्न भोजपुर आउने भएका हुन् ।

सम्मृलनलाई भव्य रुपमा सम्पन्न गराउन पार्टिका पुर्व पार्टि जिल्ला सभापती तथा पदाधिकारीहरु, महाधिवेशन प्रतिनिधिहरु, महासमिति सदस्य, प्रदेश कार्य समिति, जिल्ला स्थित सम्पुर्ण पालिका पदाधिकाहरु, ८१ वटै वडा समितिका पदाधिकारीहरुलाई सम्मेलनमा अनिवार्य उपस्थितीका लागी आव्हान गरीएको छ । त्यस्तै जिल्ला स्थित पार्टिका भातृ तथा शुभेच्छुक संघ संस्थाहरु नेपाल तरुण दल, नेवि संघ, महिला संघ, दलित संघ, सास्कृतीक संघ,शिक्षक संघ, किसान संघ, प्रजातन्त्रवादि प्राध्यापक संघ, नेपाल प्रेस युनियन लगायत सबैलाई सम्मेलनमा उपस्थितीका लागी आमन्त्रण गरीएको जिल्ला कार्यय समिति भोजपुरका सचिव शफल किरातले जानकारी दिए ।

उक्त सम्मेलनमा महामन्त्री विश्वप्रकास शर्माको सम्बोधनका साथै पार्टीकमा अन्य नेताहरुले पनि सम्वोधन गर्ने छन् भने नेता तथा कार्यकर्ताहरुलाई प्रमोदहरी गुरागाईद्धारा प्रशिक्षण पनि गराईने जिल्ला कार्यय समिति भोजपुरका स—सचिव मनोज खनालले जानकारी दिए ।
कार्यक्रममा सवै भात्री संस्था, शुभेच्छुक संस्था साथै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई उत्साहाजनक सहभागी भैदिनुहुन जिल्ला कार्यय समिति भोजपुरका सभापति विनोद वान्तावाले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार