भोजपुर बहुमुखी क्याम्पसको ५८ औँ वार्षिक उत्सव भोलीबाट सुरु

भोजपुर । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको अंगिक क्याम्पस भोजपुर बहुमुखी क्याम्पसको ५८ औँ वार्षिक उत्सव भोलीबाट सुरु हुने भएको छ ।

वि. स. २०२२ सालमा स्थापना भएको क्यापसको हरेक वर्ष निरन्तर रुपमा मनाउदै आएको वार्षिक उत्सव यस वर्ष पनि फागुन १८ गते समापन गर्ने गरी भोलीबाट सुरु हुन लागेको पत्रकार सम्मेलन मार्फत वार्षिक उत्सवका संयोजक तथा भोजपुर बहुमुखी क्याम्पसका प्रमुख भुलानाथ राईले बताए ।

उक्त वार्षिक उत्सव व्यावस्थित र भव्यताका साथ मनाउन क्याम्पस प्रमुखको संयोजकत्वमा ६५ सदस्यीय मुल समारोह समिति, ५ वटा उप समिति र १२ वटा खेल सञ्चालन गर्ने टिम गठन गरीएको आज (सोमवार) पत्रकार सम्मेलन मार्फत राईले जानकारी गराईएका हुन् ।

उत्सवको पहिलो दिन फगुन १५ गते म्याराथुन, चेस, भलिवल, फुटवल र व्याडमिन्टन प्रतियोगिता, १६ गते टेवलटेनीस र १५ गते भएका खेलको फाईनल खेल गराईने छ ।

यस्तै १७ गते हाजिरी जवाफ प्रतियोगिता, म्युजिकल चयर नृत्य, गायन, र कविता वाचन, डोरी तान्ने र फुटसल प्रतियोगिताको फाईनल हुने छ भने १८ गते वार्षिक उत्सवमा वोलाईएका अतिथिहरुको शुभकामना मन्तव्य सहित कार्यक्रम समापन हुने क्यापसले जनाएको छ ।

भोजपुर बहुमुखी क्याम्पसमा हाल व्यावस्थापन, मानविकी र शिक्षाशास्त्रमा गरी ६ सय ९५ विद्यार्थी अध्यानरत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार