भोजपुर । नेकपा एमालेको भात्री संगठन अखिल नेपाल महिला संघ भोजपुरको नगर कमिटी अध्यक्षमा अनु भुजेल सर्वसहमत चयन भएकी छिन् ।
आज (विहिवार) भोजपुर नगरपालिकाको वैठकहलमा भएको दोस्रो अधिवेशनबाट अध्यक्षमा अनु भुजेल, उपाध्यक्ष लाक्पा डिकी शेर्पा, सचिव रेनुका भुजेल, कोषध्यक्ष निरुका प्रधान, सहसचि सुमि शेर्पा सहित ३३ सदस्यीय कमिटी गठन भएको छ।