भोजपुर नगरपालिकाको वडा नंं. ६ मा २४ गते देउराली र २५ गते स्वास्थ्य चौकीमा दादुरा रुवेलाको खोप लगाईने

भोजपुर । भोजपुर नगरपालिका वडा नं. ६ मा दादुरा रुबेला बिरुद्धको खोप २४ र २५ गते लगाईने भएको छ । २४ गते देउरालीमा रहेको पुरानो स्कुल र २५ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र पालुवामा दादुरा रुबेला बिरुद्धको खोप लगाईने स्वास्थ्य सेवा केन्द्रकी प्रमुख लक्ष्मी पुयालले जानकारी दिइन् ।

रुवेला खोप अभियान २०८०÷०८१ संचालन सम्बन्धी वडा स्तरीय अभिमुखिकरण कार्यक्रममा खोप वारे प्रष्ट पार्दै प्रमुख फुयालले खोप लाउनबाट कुनै वालवालिका नछुटोस भनी घरधुरी सर्वेक्षण समेत गरिसकेको बताईन् ।

दादुरा रुबेला बिरुद्ध खोप आफ्ना वालवालिकालाई नछुटाउनुहुन समग्र वडा बासीहरुलाई भोजपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष शैलेन्द्र कार्कीले आग्रह गरेका छन् ।

आफ्ना वालवालिका संगै छिमेकमा रहेका वालवालिकाहरुलाई पनि खोप लगाउनको निमित्त प्रचारप्रसार गरी सहयोग गरिदिनुहुन आग्रह गरेका छन् । भोजपुरमा रहेका नौ वटै स्थानीय तहमा २४ गतेबाट २८ गतेसम्म दादुरा रुबेला बिरुद्धको खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय भोजपुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार