मिसन ८४ ले केहि कायापलट हुदैन : महामन्त्री विश्वप्रकाश शर्मा

भोजपुर । मिसन २०८४ ले केहि कायापलट नहुने नेपाली कांग्रेसका केन्द्रिय महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् । नेपाली कांग्रेस भोजपुरको जिल्ला सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै महामन्त्री तथा संघीय सांसद समेत रहेका शर्माले देशलाई समृद्ध बनाउन मिसन ८४ हैन अहिले देखि जनताको हक र हितका लागि लाग्नु पर्ने बताएका हुन् । अन्य दलहरूले ल्याएको मिसन ०८४ मा मुलुकमा केही पनि कायापलट नहुने बताउँदै त्यसले काँग्रेसलाई केही पनि असर नपुर्याउने बताएका छन् ।

प्रशिक्षण कार्यक्रममा संघीय सांसद समेत रहेका शर्माले राणा शासनको अन्त्य हुँदै मुलुकलाई यहाँसम्म ल्याउने काम नेपाली कांग्रेसको प्रमुख देन भएकाले सवैलाई समेटेर अघि बढ्नु काँग्रेसको प्रमुख दायित्व भएको बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरका सभापती तथा कोशी प्रदेश सांसद विनोद वान्तावाको अध्यक्षतामा भएको सम्मेलनमा महामन्त्री शर्माले खोटाङ् र भोजपुरको समिानामा रहेको कच्ची सडक कहिले बन्ने हो भनेर आफुले सांसदमा कुरा उठाउने बताएका छन् ।

खोटाङ हुदै भोजपुर आएका महामन्त्री शर्माले उक्त बाटोमा धेरै सर्वसाधरणले कष्टकर यात्रा गर्न बाध्यर रहेका कारण सडगको रोकिएको काम तत्काल बनाउनु पर्ने माग सहित संसदमा कुरा उठाउने बताए ।

कोग्रेसको जिल्ला सम्मेलनमा जिल्लामा रहेका ८१ वडाका नेता तथा कार्यकर्ताहरुलाई प्रमोदहरी गुरागाइ लगायतको नेताले प्रशिक्षण समेत दिएका छन् ।कार्यक्रमा पार्टिका पुर्व पार्टि जिल्ला सभापती तथा पदाधिकारीहरु, महाधिवेशन प्रतिनिधिहरु, महासमिति सदस्य, प्रदेश कार्य समिति, जिल्ला स्थित सम्पुर्ण पालिका पदाधिकाहरु, ८१ वटै वडा समितिका पदाधिकारीहरु, जिल्ला स्थित पार्टिका भातृ तथा शुभेच्छुक संघ संस्थाहरु नेपाल तरुण दल, नेवि संघ, महिला संघ, दलित संघ, सास्कृतीक संघ, शिक्षक संघ, किसान संघ, प्रजातन्त्रवादि प्राध्यापक संघ, नेपाल प्रेस युनियन लगायतको उपास्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार