रिलिज भए तीनतले घरको झ्याल झ्यालमा

प्रमित सीप्तुङ।

पूर्वेली लोक लयमा आधारित तीनतले घरको झ्याल झ्यालमा गीत रिलिज भएकोछ । शुक्रबार किराती पवन युट्युब च्यानल बाट रिलिज भएको गीतमा पूर्वी पहाडी जिल्ला भोजपुरको माटोको वर्णन गरिएको पाइन्छ ।
पूर्वको टिपिकल लयलाई समेटिएको गीतमा गायक किराती पवन र गायिका बबिना राईले समधुर आवाज दिएका छन् भने अनिल कोयि राईको मिठो संगीत र अन्जान वाबुछा किरातीको शब्द रहेको छ ।
भोजपुरको रामप्रसादराई गाउपलिकामा जन्मिएका गीतकार वाबुछाले भोजपुरकै स्थानिय गाउँघरका बोलिचालीका कुराहरु, खोला नाला, लेक बेसी, भञ्ज्याङ चौतारी संगै पूर्वी सुन्दर प्रकितिका वर्णन र मायाँ प्रितिका कुराहरूलाई गीत मार्फत पस्किएको छ ।
गीतको शब्दले भोजपुर लगायत अन्य ठाउँ हरुको विभिन्न पर्यटकीय क्षेत्रहरुको चर्चा गरिएकोले यस गीतले पुर्बेली लोक भाकामा एउटा इटा मात्र थप्ने नभई , पर्यटन प्रर्वद्धनमा पनि टेवा पुर्याउने विश्वास रहेको गायक किराती पवनको भनाई छ।
हाल गीतको लीप्सिङ भिडियो मात्र रिलिज गरिएको र केही समय पछि म्युजिक भिडियो निर्माण गरी दर्शक श्रोताहरू माझ ल्याउने गीतकार वाबुछा किरतिले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार