टुट्यो सत्ता गठबन्धन, सानो आकारको नयाँ मन्त्रीमण्डल आजै घोषणा हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सानो आकारको नयाँ मन्त्रीमण्डल आजै घोषणा गर्ने तयारी गरेका छन् । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धन बनाउने प्रधानमन्त्रीको तयारी छ । प्रधानमन्त्रीले आजै सबैमन्त्रीहरुलाई हटाउने र सानो आकारको नयाँ मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी पनि गरेको बालुवाटार स्रोतले जनाएको हो । नयाँ मन्त्रिमण्डल बनाएर आजै मन्त्रीहरूको शपथ ग्रहणसमेत गर्ने तयारी रहेको एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताएका छन् ।

नयाँ गठबन्धन घोषणाबारे प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल हुँदै छ । यस्तै नेपाली कांग्रेसको पदाधिकारी बैठक पनि यतिबेला पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसिरहेको छ । गठबन्धन भत्किने अवस्थामा पुगेपछि सभापति देउवाले पार्टी पदाधिकारीहरुको आकस्मिक बैठक बोलाएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार