गत स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा एमालेबाट दुई मतले हारेका राई कांग्रेसमा प्रवेश


भोजपुर । भोजपुर नगरपालिका वडा नं. ३ का लेखराज राई नेकपा एमाले परित्यग गरी कांग्रेसमा प्रवेश गरेका छन् । राई नेपाली कांग्रेस भोजपुरको जिल्ला सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा राईले एमाले परित्यग गरेको घोषणा गरे संगै कांग्रेसको क्रीयाशिल सदस्य लिई कांग्रेसमा प्रवेश गरेका हुन् ।

राईलाई नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसको जिल्ला सम्मेलनमा क्रियाशिल सदस्यता प्रदान गरी कांग्रेसमा प्रवेश गराएको नेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरका सचिव शफल किरातले जानकारी दिए । राई गत स्थानीय चुनावमा एमालेबाट टिकट लिई कांग्रेसका उमेद्वार मणीराज राई संग २ मतले पराजित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार