भोजपुर । नेपाल शिक्षक संघ भोजपुरले पाँचौ स्थानीय प्रतिनिधि सभा सम्पन्न गरेको छ । नेपाल शिक्षक संघ नगर कार्य समिति भोजपुरका अध्यक्ष चन्द्र बहादुर श्रेष्ठको अध्यक्षता तथा नेपाली कांग्रेस कोशि प्रदेश सदस्य कैलाश कुमार आलेको प्रमुख आतिथ्यमा पाँचौ स्थानीय प्रतिनिधि सभा सम्पन्न भएको हो ।
शनिवार भएको कार्यक्रममा नगर कार्य समितिका सचिव सुवास श्रेष्ठले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९÷८० को आर्थिक तथा साङ्गाठानिक प्रतिवेदन सर्वसहमत रुपमा पारित गरेको नेपाल शिक्षक संघ नगर कार्य समिति भोजपुरका अध्यक्ष चन्द्र बहादुर श्रेष्ठले जानकारी दिए ।
संघको सभामा नेपाली कांग्रेसको उप सभापति गजेन्द्य्र बहादुर कार्की, जिल्ला शिक्षक संघ भोजपुरका अध्यक्ष ज्ञानराज खुलाल लगायत अन्य पधादिकारी हरुको उपस्थिती रहेको थियो ।