जिल्ला अस्पताल भोजपुरमा (इकोकार्डियोग्राफी) मार्फत करिव सय जनाले लिए मुटु परिक्षण तथा परामर्श शेवा

भोजपुर । जिल्ला अस्पताल भोजपुरमा (इकोकार्डियोग्राफी) मार्फत करिव सय जनाले मुटु रोग परिक्षण गराएका छन् । जिल्ला अस्पताल भोजपुरमा मंगलवार आयोजना गरिएको एक दिने निशुल्क मुटुरोग परिक्षणमा ग्राण्डी अस्पताल काठण्माडौका वरिष्ठ मुटु रोग विषेशज्ञ डा. मिलन प्रकाश श्रेष्ठद्वारा करिव एक सय जनाले (इकोकार्डियोग्राफी) मार्फत मुटु परिक्षण गराएका छन् ।

मुटु सम्बन्धि सामान्य रोग परिक्षणका लागि पनि ठुलो पैसा खर्चिएर जिल्ला बाहिर जानु पर्ने अवस्थामा जिल्ला अस्पतालमै निशुल्क रुपमा इकोकार्डियोग्राफी मार्फत मुटु परिक्षण तथा परामर्श सेवा पाउँदा स्थानीयहरु हर्सित भएका छन् ।

पछिल्लो समय मुटु रोगबाट मर्नेको संख्या बढिरहेको हुदा मुटु रोग लागे पछि पहिलेको अवस्थामा फर्काउन नसक्ने र उपचार पद्धती महंगो हुने भएकाले वेलैमा मुटु सम्बन्धी परिक्षण गराउनु पर्ने मुटु रोग विषेशज्ञ डा. मिलन प्रकाश श्रेष्ठले बताए । भोजपुरमा वढ्दो शहरीकरणले पनि मुटु रोगीहरु बढ्ने सम्भावना रहेको बताउदै बढिमात्रमा मासुको प्रयोग, धुम्रपानको सेवन, कामलाई तनाव लिएर गर्नु र शारारिक व्याम नगर्नुले मुटुरोग लाग्ने डा. श्रेष्ठले बताए ।

शिविरमा पुराना तथा मुटु रोगीहरुको परिक्षणसंगै परामर्श र विरामीलाइ प्रेसर रगत पातलो बनाउने लगायतका औषधि समेत निशुल्क प्रदान गरिएकोे जिल्ला अस्पताल भोजपुरको प्रमुख डा. शिवजी रिजालले बताए ।

भोजपुरको टक्सारमा जन्मीएका श्रेठले आफु जन्मीएको जिल्लामा केहि गर्ने सोच भएका कारण यहाँका नागरिकको सेवाका लागि एक दिने निशुल्क (इकोकार्डियोग्राफी) मार्फत मुटु परिक्षण, परामर्श तथा औषधि वितरण गर्ने कार्यक्रम लिएर जिल्ला आएको डा.  श्रेष्ठले बताए ।

उद्घाटन कार्यक्रममा वोल्दै भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेलेराम्रो काम गरियो भने मर्दा स्वार्ग गुगिन्छ भनिन्छ तर मेरो विचारमा स्वार्ग छ भने त्यो आफ््नो जन्म भुमी हो भन्दै आफ्नो जन्मथलोलाई सम्झेर आएका डा.श्रेष्ठलाई भोजपुरे जनताको तर्फबाट धन्यवाद प्रकट गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार