भोजपुरको अरुण गाउँपालिका १ याङपाङ्गमा स्थायी प्रहरी पोष्ट स्थापना

भोजपुर । भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिका–१ याङपाङ्गमा अस्थायी प्रहरी पोष्टको स्थापना गरी उद्घाटन गरिएको छ । नेपाल प्रहरी केन्द्रीय कार्यालयका प्रवक्ता तथा डिआइजी भीम ढकाल, कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी चन्द्र कुवेर खापुङले मंगलवार उक्त अस्थायी प्रहरी पोष्ट उद्घाटन गरेका हुन् । याङपाङ्गमा प्रहरी पोष्ट स्थापना भए पछि स्थानीहरु खुसी भएका छन् । अस्थायी प्रहरी पोष्ट उद्घाटन गर्दै स्थानीय वासीले प्रहरी पोष्ट माग गर्नु भनेको प्रहरी माथी विश्वास गरेको नेपाल प्रहरी केन्द्रीय कार्यालयका प्रवक्ता डिआइजी भीम ढकालले बताए । ढकालले आफु आतङकित भए र डराएर प्रगती गर्न नसक्ने बताउदै प्रहरी आए पछि समाज सुरक्षामैत्री हुने विश्वास जनता रहेको बताए । उनले गाउँघरमा हुने घटनाहरूको सम्भावित कारणहरू मादक पदार्थ सेवन, सामाजिक सञ्जालको दुरुपयोग, वैदेशिक रोजगार, र अहिले आर्थिक सङ्कट भएका कारण पनि अपराध बढेको कारण यसबाट सजक हुन सबैलाई आग्रह गरे। प्रहरी र समुदायबिच हातेमालो गरेर शान्ति सुरक्षा कायम गर्न समेत प्रहरीहरुलाई निर्देशन समेत दिएका छन्।

यता कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी चन्द्र कुवेर खापुङले प्रहरीले राज्यको प्रतिनिधिको रूपमा काम गरेको बताउदै प्रहरीको उपस्थितीले मात्र पनि अपराधिक मनस्थीती कम हुने हुनाले त्यहि अनुरुप काम गर्न प्रहरीहरुलाई निर्देशन दिदै प्रहरी सधैं जनताको सहयोगी र सेवकको रुपमा काम गर्दै आइरहेको हुँदा आगामी दिनमा समन्वय र सहकार्यमा कम गर्न आग्रह गरेका छन् । पछिल्लो समय साईवर अवराध बढेको बताउदै सामाजीक संजाल प्रयोग गर्दा पनि सचेत भएर प्रयोग गर्न आग्रह समेत गरेका छन् ।

जिल्लाको शान्ती सुव्यावस्था सहज भएको र अझ शान्ती सुरक्षाको प्रत्याभुती दिन अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले बताए । स्थानीय नागरिकको सुरक्षाका लागि प्रहरी परिचालन हुने भएकाले सवैले प्रहरीलाई सहयोग गर्न आग्रह गरेका छन् ।

गाउँपालिका क्षेत्रभरि शान्ति सुरक्षा, हत्या, हिंसा, लगायत गैर संवैधानिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीको महत्त्वपूर्ण भूमिका हुने बताउदै नागरिकलाई शान्ति, सुरक्षा, अमन चयन कायम गर्न वडामा प्रहरी चौकी स्थापना भएको गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले बताए।

स्थानीय स्तरमा हुने अपराध नियन्त्रण गर्दै शान्ति सुरक्षा प्रदान गर्ने उद्देश्यका साथ अस्थायी प्रहरी पोष्ट स्थापना गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरिक्षक सुदिपराज पाठकले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार