अपडेट : जिप दुर्घटनामा मृत्यू हुनेको संख्या ७ पुग्यो, ७ घाइते

भोजपुर । धरानबाट घोरेटार आउदै गरेको वोलेरो दुर्घटना हुदा मृत्यू हुनेको संख्या ७ पुगेको छ । को. १ ज २५९३ नम्बरको उक्त जीप दुर्घटनामा उदयपुरको बेलका नगरपालिका ७  मैनामैनीमा दुर्घटना हुदा ७ जनाको मृत्यू भएको हो ।

दुर्घटना स्थलमा रहेका इलाका प्रहरी चौकी हसनपुर, भोजपुरका असई खड्गबहादुर श्रेष्ठले दुर्घटनामा घाइते भएका ७ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जानकारी दिए ।

अहिले ७ जनाको शव निकाल्ने प्रयास भइरहेको असई श्रेष्ठले बताए । प्रहरीका अनुसार जिप सडकबाट करिब २ सय मिटर तल खसेको भनाइ छ ।

मृत्यू हुने ७ जना मध्ये चालक मानबहादुर बस्नेत बाहेक अन्य मृतकको सनाखत नभईसकेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक सुदीपराज पाठकले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार