अपडेट : जिप दुर्घटनामा मृत्यू हुनेको संख्या ८ पुग्यो

भोजपुर । धरानबाट घोरेटार आउदै गरेको वोलेरो दुर्घटना हुदा मृत्यू हुनेको संख्या ८ पुगेको छ । को. १ ज २५९३ नम्बरको उक्त जीप उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीमा दुर्घटना हुदा ७ जनाको घटना स्थलमै मृत्यू भएको थियो भने एक जना उपचारको क्रममा स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

मृत्यु हुनेमा इटहरी ९ बस्ने वर्ष ४० को सवारी चालक मान ब बस्नेत, हतुवागडी गाउँपालिका २ बस्ने वर्ष ७० को पर्वत माया राई, सोहि ठाउँको वर्ष ३३ का चन्द्र प्रकाश राई, सोहि ठाउँको ६ महिनाको बालिका विसाङ राई, हतुवागडी गाउँपालिका ५ वस्ने वर्ष ३२ की रावकुमारी राई, वतन नखुलेको वर्ष ४० का कमल अधिकारी, र हतुवागडी गाउँपालिका बस्ने वर्ष ४२ किसन राईको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक सुदीपराज पाठकले जानकारी दिए । जिपमा सवार ९ जना घाईतेको भने स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा उपचार भईरहेको छ ।

गाडीमा क्षमता भन्दा वढि हालेकाले दुर्घटना भएको अनुमान गरिएको छ । गाडीमा १७ जना सवार रहेको खुल्न आएको छ । भोजपुरको हसनपुमा रहेको प्रहरी चौकी र हतुवागडीबाट १२ जना प्रहरी घटना भएको स्थानमा पुगी तत्काल उद्धारमा जुटी घाईते भएकालाई स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान पठाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार