आगालागी पिडितलाई राहत वितरण

भोजपुर । भोजपुर नगरपालिका १२ टक्सार माल्बासेमा भएको आगलागीबाट प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ । चैत्त ३ गते भएको आगलागि पीडित पाँच परिवारलाई भोजपुर नगरपालिका, नेपाली कांग्रेस जिल्ला सभापती तथा कोशी प्रदेश संसद विनोद बान्तावा र वडा कार्यालयले संयुक्तरुपमा राहत सामग्री वितरण गरेको हो ।

संसद बान्तावाले पाँच बोरा चामल र १ र १ लिटर तेल वितरण गरेका छन् । भोजपुर नगरपालिका वडा न १२ को कार्यालयले भने चार वटा ड्रम, बासको समस्या भएका दुई परिवारलाई चार बन्डेल जस्ता वितरण गरेको हो ।

राहत सामग्री वितरण गर्दै कोशी प्रदेश संसद विनोद बान्तावाले तत्काल केही सहयोग पुगोस भन्ने उद्देश्यल राहत सामग्री वितरण गरिएको बताए । आगमी दिनमा उनीहरुको लागि राहत संकलनमा पहल गर्ने उनको भनाई छ ।

शनिबार जंगलबाट डडेलो बस्तीमा पसेपछि स्थानीय नरबहादुर कार्की, रत्नबहादुर कार्की, गजेन्द्र कार्की, पुष्पबहादुर कार्की र पदमबहादुर कार्कीको ७ घर पूर्ण रुपले जलेर नष्ट भएका थिए ।

भोजपुर नगरपालिकाबाट प्रति परिवार एक बोराको दरले ५ बोरा चामल, एक काटुन तेल, ५ डल्ला साबुन र ५ र ५ केजी चिनी र नुन वितरण गरेको छ । यो सहयोग तत्काललाई भएकाले आगामी दिनमा कार्यपालिकाको बैठ बसेर थप सहयोग गर्ने भोजपुर नगरपालिका मेयर कैलाश कुमार आलेले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार