भोजपुरको चखेवामा धुमधामका साथ कृषि, पर्यटन तथा संस्कृतिक महोत्सव सुरु, (फोटो फिचर)

भाेजपुर । भोजपुरको टेम्कैमैयुङ गाउँपालिका ४ नागीमा मुन्दुम पदमार्गको प्रचारप्रसारसंगै कृषि, पर्यटन र संस्कृतिको प्रवर्द्वन गर्न तीन दिने महोत्सव सुरु भएको छ ।

कृषि, पर्यटन र संस्कृतिको प्रवर्द्वन गर्ने उद्धेश्यका साथ आयोजना गरिएको महोत्सव कोशी प्रदेशका प्रदेश सभा सदस्य विनोद वान्तावाले उद्घाटन गरेका छन् । भोजपुर जिल्लाको ९ स्थानीय तह मध्ये टेम्केमैयुङ गाउँपालिकामा पर्यटन तथा कृषिको धेरै सम्भावना बोकेको गाउँपालिका रहेकोले महोत्सवले देश, विदेशसम्म पर्यटन प्रवद्धन गर्न सहयोग पुग्ने बताउँदै यहाँको विकासमा समेत ठूलो टेवा पुग्ने सांसद वान्तावाले बताए ।

सरकारले देशभित्र घुम्नैपर्ने एक सय पर्यटकीय गन्तव्यको सूचीमा राखेको मुन्दुम पदमार्गमा पर्ने चखेवा भञ्ज्याङसंगै टेम्केमैयुङ लगायतका पर्यटकीय क्षेत्रको अग्रिम प्रचारप्रसार स्वरुप यो महोत्सव आयोजना गरिएको टेम्केमैय्ुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए ।

पालिकाले कृषि र पर्यटन क्षेत्रको विकासमा योजनाबद्ध रुपमा काम गरिरहेको बताउदै यस महोत्सवले मुन्दुम पदमार्गको प्रचार प्रचारमा थप टेवा पुग्ने समेत बताए । गाउँपालिकाले सन् २०२५ लाई मुन्दुम पर्यटकीय वर्षका रुपमा मनाउने तयारी समेतगरिरहेको छ ।

महोत्सवमा कृषि उत्पादन र उद्यमसँग सम्बन्धित स्टल, हस्तकलाबाट निर्मित राडीपाखीहरुको स्टल, स्थानीय परिकारको स्टल राखिएको आयोजकले जनाएको छ ।

तीन दिन सम्म लाग्ने महोत्सवको दोस्रो दिन मुन्दुम पदमार्गका बारेमा वृत्तचित्र प्रदर्शनी, कविता प्रतियोगिता र सांगितिक कार्यक्रम हुदै छ भने तेस्रो दिन भोजपुरको बाखखोरबाट ४० किलोमिट मुन्दुम ट्रेलरेस हुने छ । साथै महोत्सवको प्रत्येक दिन स्थानीय स्तरमा उत्पादित बस्तुको प्रद्रर्शनी तथा विक्रिवितरण, गरिने आयोजकले जानाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार