पेस्तोल, गोली र नगदसहित भोजपुरमा एक जना षडानन्द नगरपालिकाबाट पक्राउ

भोजपुर । भोजपुरमा एक थान पेस्तोल, गोली र नगदसहित एक जना पक्राउ परेका छन् । टेम्केमैयुङ गाउँपालिका १ तिम्माका ३७ बर्षीय सुुमित भनिने सुमत परियारलाई षडानन्द नगरपालिकाबाट प्रहरीले आईतबार पक्राउ गरेको हो । पक्राउ परेको परियारलाई प्रहरी सोमबार पत्रकारसम्मलेन गरेर सार्वजनिक गरेको छ ।

प्रहरीले परियारको साथबाट म्यागजिनमा लोड गरेको सात राण्उड गोली र बाहिर राखेको ४ गरी ११ राउण्ड गोली बरामद गरेको छ । त्यस्तै नगद नौ हजार ५० र सुन जस्तो देखिने पहेँलो धातुको गहना मारवाडी २ थान, सिक्री १ थान, बेरुवा औँठी १ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सुदिपराज पाठकले जानकारी दिए ।

अज्ञात व्याक्तिले षडानन्द नगरपालिका २ बस्ने ८५ वर्षिय पासाङ ल्हामु शेर्पालाई पेस्तल देखाएर सुनका गरजहना र नगद रकम लुटेको भन्ने उजुरीका आधारमा पक्राउ गर्न सफल भएको प्रहरीको भनाइ छ । बैशाख २ गते विहान ९ बजे लुटपाट भएको भएपनि पीडितले ५ बजे इलाका प्रहरी कार्यालय दिङ्लामा उजुरी दिएको प्रहरीले जनाएको छ । खोजि गर्ने क्रममा परियारलाई आइतबार साँझ ७ बजे प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका परियार यसअघि पनि संगठित अपराध, एनसेल टावर आगजनी, जेसिवी आगजगीलगायत पाँच वटा मुद्धामा तीन वर्ष छ महिना कैद सजाय भुक्तान गरेर २०८० भदौमा कारागारबाट छुटेको प्रहरीको भनाइ छ । पक्राउ परेका परियारको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार