कृषि, पर्यटन र संस्कृतिको प्रवर्द्वन गर्न चखेवामा वैशाख १ देखि सुरुभएको ३ दिने महोत्सव सम्पन्न

भोजपुर । भोजपुरको टेम्कैमैयुङ गाउँपालिका ४ नागीमा मुन्दुम पदमार्गको प्रचारप्रसार संगै कृषि, पर्यटन र संस्कृतिको प्रवर्द्वन गर्न आयोजना गरिएको तीन दिने महोत्सव सोमवार सम्पन्न भएको छ ।

चखेवा बजार तथा शहरीकरण ब्यवस्थापन समितिको आयोजना तथा टेम्केमैयुङ गाउँपालिकाको प्रायोजनमा गाउँपालिकाको पर्यटकीय स्थल चखेवा भञ्ज्याङमा बैशाख १ गतेदेखि कृषि, पर्यटन र संस्कृतिको प्रवर्द्वन गर्ने उद्धेश्यका साथ सुरु गरिएको महोत्सव बैशाख ३ गते सोमबार समापन भएको हो ।

महोत्सवमा कृषि उत्पादन र उद्यमसँग सम्बन्धित स्टल, हस्तकलाबाट निर्मित राडीपाखीहरुको स्टल, स्थानीय परिकारको स्टल राखिएको थियो ।

तीन दिन सम्म चलेको महोत्सवमा मुन्दुम पदमार्गका बारेमा वृत्तचित्र प्रदर्शनी, कविता प्रतियोगिता र भोजपुरको बाखखोरबाट ४० किलोमिटर दुरीको मुन्दुम ट्रेलरेस, राष्टिसंगै महोत्सवको प्रत्येक दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति संगै स्थानीय स्तरमा उत्पादित बस्तुको प्रद्रर्शनी तथा विक्रिवितरण, समेत गरिएको आयोजकले जानाएको छ ।

समापन कार्यक्रमका प्रमुख अतिथि पुर्व पर्यटन मन्त्री सुधन किरातीले टेम्केमैयुङ पर्यटकको हब क्षेत्र भएकाले पर्यटन क्षेत्रमा सहयोग गर्दै जाने बताए । यस्तै गाउँपालिकाको कृषि, पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन तथा प्रचारप्रसारका लागी महोत्सव आयोजना गरेको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार