भोजपुरको छिनामखुमा किरावा सिप्तुङ्खा वंश उत्थान समाजको केन्द्रिय विस्तारित वैठक सम्पन्न

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं. २ छिनामखुमा किरावा सिप्तुङ्खा वंश उत्थान समाजको केन्द्रिय विस्तारित वैठक आज (मंगलवार) सम्पन्न भएको छ ।

इतिहास, पहिचान र संस्कार संस्कृतिको खोज र संरक्षण, हाड, रगत, दुधलाई जोड्ने महान संकल्प र अभियान भन्ने मुल नाराका साथ वडा कार्यालयको सामुदायिक हलमा किरावा सिप्तुङ्खा वंश उत्थान समाजका केन्द्रिय अध्यक्ष राजबहादुर सिप्तुङ्खाको प्रमुख अतिथ्यमा भएको वैठकले छरीएर रहेका सिप्तुङ्खा वंशहरुको उत्थानका लागि सकितिले काम गर्ने बताएका छन् ।

वेशाख ३ र ४ गते आयोजना गरिएको विस्तारित वैठकमा विभिन्न जिल्लाका करिव २ सय जनाको उपस्थिती रहेको मोहन किराती (मादेन) ले जानकारी दिए ।

वंश उत्थान समाजको आज भएको केन्द्रिय समितिको वैठकबाट केन्द्रिय सदस्यमा भोजपुरबाट मुमिहाङ्ग, रमेश राई ,सङ्खुवाशभाबाट सुजन राई मनोनित गरेको छ । यस अधि ३८ सदस्य समिति थियो भने आज सम्पन्न् भएको वैठकबाट ३ जना थप गरी ४१ सदसीय समिति बनाएको जनाएको छ ।

किरावा सिप्तुङ्खा वंश पुर्खेउली थालो छिनामखुबाट छरिएर देशको विभिन्न क्षेत्रमा वासोवास गर्दै आएका सिप्तुङ्खाहरु वंश उत्थानका लागि एकजुट भएको बताईएको छ । सिप्तुङ्खाको यस अघिको वैठक धरानमा भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार