छैटौँ संस्करणको मुन्दुम ट्रेल रेसको उपाधी नेपाल आर्मीका तिलक सुनुवारको पोल्टोमा

भोजपुर । भोजपुरमा छैटौँ संस्करणको मुन्दुम ट्रेल रेसको उपाधी नेपाल आर्मीका तिलक सुनुवारले हात पारेका छन् । भोजपुरको पर्यटकीय स्थल बाघखोरबाट चखेवाभञ्याङसम्म ४० किलो मिटरको दुरी २ घण्टा ५९ मिनेटमा पार गर्दै सुनुवारले उपाधी हात पारेका हुन् ।

यस्तै रामप्रसाद राई गाउँपालिाकाका विशाल राईले ३ घण्टा ८ मिनेटमा दुरी पार गर्दै दोस्रो बने भने आर्मीका विनोद रोकायले ३ घण्टा १२ मिनेमा दुरी पार गरी तेस्रो, गोविन्द कार्कीले ३ घण्टा १२ मिने ३५ सेकन्डमा दुरी पार गर्दै चौथो र दिपक राईले ३ घण्टा १६ मिनेटमा दुरी पार गर्दै पाँचौ बनेका छन् ।

यस्तै महिला तर्फ ३ घण्टा ५८ मिनेटमा दुरी पार गर्दै सुनसरी रोकाया पहिलो बनेकि छिन् भने ४ घण्टा १६ मिनेटमा दुरी पार गर्दै जोलिन राई दोस्रो वनेकी छिन् ।

रेसमा महिला तथा पुरुष विद्या तर्फ क्रमश प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुनेलाई क्रमशः नगद ३५ हजार, २५ हजार, १५ हजार र पाँच हजार प्रदान गरिएको छ ।

म्केमैयुङ गाउँपालिकाको चखेवामा सञ्चालन भएको कृषि, पर्यटन र सांस्कृतिक महोत्सवलाई लक्षित गरेर टेम्केमैयुङ गाउँपालिकाको मुख्य प्रायोजन तथा रिमाचुङ एजुकेसन एण्ड स्पोर्टस एकेडेमीको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार