सन्तानेश्वर महादेवथान मन्दिरमा श्रीमदभागवत सप्ताह एंव पाञ्चायन देवीदेवता पूजन ज्ञान महायज्ञ सुरु

भोजपुर । भोपुरको पौवादुङ्मा गाउँपालिका ५ मा रहेको सन्तानेश्वर महादेवथान मन्दिरमा श्रीमदभागवत सप्ताह एंव पाञ्चायन देवीदेवता पूजन ज्ञान महायज्ञ सुरु भएको ।

मन्दिरको पूर्वाधार निर्माण र जग्गा खरिदको लागि सहयोग संकलन गर्दे धार्मिक पर्यटन प्रवर्धनका लागि लगाईएको ज्ञान महायज्ञको पौवादुङ्मा गाउँपालिकाका अध्यक्ष किरण राईले बुधवार उद्घाटन गरेका छन् ।

महायज्ञ उद्घाटन गर्दै अध्यक्ष राईले महायज्ञबाट यहाँको प्रचारप्रसारसँगै आन्तरिक पर्यटक आकर्षित गर्न टेवा पुग्ने बताए । उनले गाउँपालिका भित्रका सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्ध रूपमा काम भइरहेको समेत बताए ।

२०१० सालमा स्थापना भएको मन्दिरले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको हुनालाई त्यसको प्रचार प्रसारमा समेत ज्ञान महायज्ञले सहयोग प्ग्ने अपेक्षा राखिएको छ ।

धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रकारुपमा इतिहास बोकेको मन्दिरलाई चिनाउन सप्ताह ज्ञान महायज्ञ सुरु गरेको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र राईले बताउदै दाताहरुबाट संकलन भएको रकमले मन्दिरको जग्गा ब्यवस्थापन गर्ने योजना रहेको बताए ।

महायज्ञमा नियमितरुपमा पूजा एवं पाठपारायण, कथावाचन, आरती, प्रसादग्रहण तथा सन्ध्याकालीन भजन प्रस्तुत हुनेछ । मन्दिरमा सन्तानेश्वर महादेव, गुप्तेश्वर महादेव, शिवलिङ, हिमालय लगायतको पनि पुजा हुने गरेको छ । हलेशी पछिको दोश्रो मन्दिरकारुपमा सन्तानेश्वर महादेव मन्दिर परिचित रहदै आएको छ ।

आयोजक समितिका अध्यक्ष बलबहादुर कार्कीले धर्म संस्कृति र मन्दिर संरक्षणमा पनि यो महायज्ञले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै महायज्ञमा सहभागी हुन सवैलाई आग्रह गरेका छन् । बैशाख ५ गते वुधवारबाट सुरु भएको महायज्ञ १३ गतेसम्म संचालन हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार