भोजपुरमा आगालागी हुँदा ४२ लाख वरावरको क्षती

भोजपुर । भोजपुरको भोजपुर नगरपालिका ८ पोखरेमा आगालागी हुदा एक घर पुर्ण रुपमा जलेर नष्ट भएकमो छ ।

भरत कार्कीको ढुङगा, माटो, काठ र टिनको छानोले बनेको २ तले घरमा अचानक आगालागी हुँदा कार्कीको घरमा भाडामा बस्ने अस्मिता राई, मान बहादुर राई, जस कुमारी राई, सुनिल समेतको गरी ४२ लाखको क्षती भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक विशाल लिम्बुले जानकारी दिए ।

विहान करिव ८ वजेबाट भएको आगालागीबाट नगत चार लाख पचास हजार, १३ तोला सुन, २ थान मोवाईल खाद्यन्न र लत्ताकपडा गरी ४२ लाख वरावरको क्षती भएको प्रहरी निरिक्षक लिम्बुले बताए ।

कार्कीको घरमा लागेको आगो भोजपुर नगरपालिको डम्कल, नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार