डाँगीहाट युथ क्लब मोरङलाई हराउदै सलहेश युवा क्लव सिरहा सेमीफाईनलमा प्रवेश

भोजपुर । भोजपुरमा जारीे सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको क्वार्टर फाईनलको तेस्रो खेलमा डाँगीहाट युथ क्लब, मोरङलाई हराउदै सलहेश युवा क्लव सिरहा सेमीफाईनलमा प्रवेश गरेको छ ।

डाँगीहाटलाई शुन्यको विरुद्ध चार गोल गर्दै सप्तरी सेमीफाईनलमा प्रवेश गरेको हो । डाँगीहाट भने खेलबाट वाहिरिएको छ । खेल सुरु भएको २६ र ७५ मिनेटमा जर्सी नं. १० का स्टेफन विनोङले गोल गरे ।

यस्तै सिरहाकै जसी नं. ७ का फोर्ड फोफोनाले खेलको ५१ मिनेटमा र जर्सी नं. ११ का आदित्य शाक्यले ८६ औँ मिनेटमा गोल गरेका थिए । यता डाँगीहाटले निकै पोसएटेम गरे पनि गोल भने गर्न सकेनन् ।

यस्तै व्यक्तिगत विधातर्फ म्यानअफ द म्याच सिराहाका स्टेफन विनोङ घोषित भए उनलाई नगत पाँचहजार प्रदान गरिएको आयोजकले जनाएको छ ।

भोली क्वाटरफाईनलको अन्तिम खेल चर्चव्वाईज युनाईटेड र आयोजक जिल्ला फुटबल संघ भोजपुर विच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधीसहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने छन् ।

भोजपुर रंगशालामा सुरु भएकोे प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठ वटा टिमले सहभागिता जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार