आयोजक भोजपुरलाई हराउँदै चर्च ब्वाइज सेमीफाईनलमा, भोलीबाट सेमीफाईनलको खेल हुने

भोजपुरमा जारीे सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको क्वार्टर फाईनलको अन्तीम खेलमा आयोजक जिल्ला फुटबल संघ भोजपुरलाई हराउदै चर्च ब्वाइज युनाईटेड काठमाडौँ सेमीफाईनलमा प्रवेश गरेको छ ।

भोजपुरलाई सुन्यको विरुद्ध तीन गोल गर्दै चर्च ब्वाइज सेमीफाईनलमा प्रवेश गरेको हो । क्रमश खेल सुरु भएको ५, ११ र २७ औ मिनेटमा चर्च ब्वाइजका खेलाडी इल्लारा एस डिक्का, अवोयोमी र नविन लामाले गोल गरेका थिए ।

यता आयोजक भोजपुरले निकै प्रयास गरे पनि गोल भने गर्न सकेनन् । यस्तै व्यक्तिगत विधातर्फ म्यानअफ दी म्याच चर्च ब्वाइजका जर्सी नंं ११ का नवीन लामा घोसित भए उनलाई नगत पाँचहजार प्रदान गरिएको आयोजकले जनाएको छ ।

भोजपुरको रंगशालामा आईतबारबाट भएको क्वाटर फाईनलको पहिलो खेलमा आर्मीसंग जर्जीयन फुटवल क्लव भारत , दोस्रो खेलमा खोटाङ भगवती क्लवसंग राजारानी फुटबल क्लव धन्कुटा, तेस्रो खेलमा सलहेश युवा क्लव सिरहासंग डाँगीहाट युथ क्लब मोरङ र चौथो खेलमा चर्च ब्वाइजसंग आयोजक भोजपुर पराजित भएको हो ।

भोलीबाट सुरु हुने सेमीफाईनलको पहिलो खेलमा त्रिभुवन आर्मी र खोटाङ् भगवती क्लब विच प्रतिस्पर्धा हुनेछ भने पर्सी सलहेश युवा क्लव सिरहा र चर्च ब्वाइज युनाईटेड काठमाडौँ विच प्रतिस्पधा हसने छ । प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधी सहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार