भगवती स्पोर्टस क्लव खोटाङलाई पराजित गर्दै त्रिभुवन आर्मी फाइनलमा प्रवेश

भोजपुर । भोजपुरमा जारीे सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको सेमीफाइनलको पहिलो खेलमा भगवती स्पोर्टस क्लव खोटाङ्ग पराजित गर्दै त्रिभुवन आर्मी क्लव फाइनलमा प्रवेश गरेको छ ।

आर्मीका जसी नं. ३५ का वसन्त जीम्वाले ३७ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने खोटाङ्गेको तर्फबाट जर्सी नंं ५ का खमीर गेल्सनले खेलको ४७ औँ मिनेटमा एक गोल गरी खेललाई बरावरी बनाएका थिए ।

बरावरी भएसंगै खेल निकै आक्रमक बनेको थियो । खेल आक्रमक बने पनि गोल भने दुवै टिमले गर्न नसकेपछि खेल ट्राईवेकरमा गएको थियो । ट्राईवेकरमा खोटाङ्गलाई चार गोल गर्दै त्रिभुवन आर्मी फाईनलमा प्रवेश गरेको हो ।

यस्तै व्यक्तिगत विधातर्फ म्यानअफ द म्याच त्रिभुवन आमी सुरज बस्नेत घोषित भए । सेमी फाईनलको अन्तिम खेल भोली समहेश युवा क्लब, सिराहा र चर्च व्वाइज युनाइटेट काठमाडौँ वीच खेल हुनेछ ।

प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधीसहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने जिल्ला फुटबल संघ भोजपुरका सचिव तसफान किरातले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार