इलाममा एमालेका नेम्वाङ ३ हजार बढी मतले अगाडि

काठमाडौं । इलाम-२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मत गणनामा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ ।

अहिलेसम्मको मत गणनामा नेम्वाङ नेपाली कांग्रेसका डम्बर खड्काभन्दा ३ हजार ३ सय ५७ मतले अगाडि रहनुभएको छ ।

एमालेका नेम्वाङले १० हजार ४ सय १९ मत ल्याउनुभएको छ भने कांग्रेसका खड्काले ७ हजार ६२ मत ल्याउनुभएको हो ।

यस्तै स्वतन्त्रका डेकेन्द्रसिंह थेगिमले ५ हजार ७ सय ५३ र रास्वपाका मिलन लिम्बुले १ हजार ४ सय ५१ मत ल्याउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार