नेकपा (एमाले) भोजपुरको नेतृत्वको लागि खड्का र राई चुनावी मैदानमा, साढे ११ बजेबाट मतदान हुने

भोजपुर । भोजपुर । नेकपा (एमाले) जिल्ला कमीटीको भोजपुरको नेतृत्वको लागि अध्यक्ष शरणकुमार राई र उपाध्यक्ष मक्कर खड्का विच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

अध्यक्ष र राई र अध्यक्ष खड्काको आ आफ्नो प्यानल नै घोषण गरी मतदातालाई मत मागीरहेका छन् । शरणकुमार राईको नेतृत्वमा रहेको प्यानलबाट उपाध्यक्षमा कृपाशुर शेर्पा, सचिवमा ज्ञानेन्द्र कार्की, उपसचिवमा जगत चौहान र महिला उपसचिवमा मेरिका राई रहेका छन् भने यता मक्कर खड्काको नोृत्वको प्यानलबाट उपाध्यक्षमा किरण राई, सचिवमा एक्सन राई, उपसचिवमा दौलथ कुलुङ, महिला उपसचिवमा रमा राई प्रतिस्पर्धामा उत्रिएका हुन् ।

प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारहरुले मतदातासंग मत मागीरहेका छन् । मतदान भने राती साढे ११ बजेबाट मतदान हुने निर्वाचन अधिकृत तिर्थ कुुमार राईले बताए । जिल्ला भरीबाट आएका ६ सय ८ जना प्रतिनिधीले मतदान गर्न पाउनेछन् ।नेकपा (एमाले) भोजपुरको नवौं जिल्ला अधिवेशन विहिवार भोजपुर नगरपालिकाको सभाहलमा सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार