वौद्धिक अपाङ्गता भएका बालबालिकालाई एक हप्ते अगरवत्ती बनाउने तालिम सम्पन्न

भोजपुर । भोजपुर नगरपालिका १२ टक्सारमा रहेको यसोधरा माध्यमिक विद्यालय विषेश शिक्षा विभाग अन्तरगत वौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई एक हप्ते अगरबत्ती बनाउने तालिम प्रदान गरिएको छ । वौद्धिक अपाङ्गतत भएका १३ जना विद्यार्थीलाई एक हप्ताको तालिममा अगरबत्ती बनाउने र अगरबत्ती प्याकिङ गर्ने सिप सिकेका छन् ।

वौद्धिक अपाङ्गतता भएका विद्यार्थीलाई स्रोत केन्द्र स्थापना भएको आठ वर्षको अवधिमा दुई पटक तालिम प्रदान गरिएको बताउँदै त्यस तालिमले वौद्धिक अपाङ्गता भएका विद्यार्थीले पनि केहि गर्न सम्क्छन् भन्ने विश्वास जगाएको वौद्धिक अपाङ्गता स्रोत केन्द्रका स्रोत व्याक्ति दिपेन्द्र श्रेष्ठले बताए । यस तालिमले वौद्धिक अपाङ्गता भएका बालबालिकाले केहि गर्न सक्दैन भन्ने भ्रम चिरेको भन्दै तालिमले स्वारोजगार बनाउन सहयोग गर्ने समेत श्रेष्ठले विश्वास गरे ।

कतिखेर खाने कतिखेर के गर्ने भनेर कुनै समय थाहा नपाउने वौद्धिक अपाङ्गता भएका बालबालिकालाई सिप सिकाउनु चुनौती रहेको बताउँदै सिप सिकाउने प्रसिक्षक दक्ष र अनुभवी रहेको कारण तालिम प्रभावकारी भएको यसोधरा माध्यमिक विद्यालयका प्रधानध्यापक धुर्वराज रेग्मीले बताए ।

यस्तै भोजपुर नगरपालिका १२ का वडा सदस्य नरवहादुर तामाङले यस्ता खाले तालिम आवश्यक रहेकोले पुनरताजकी हुने गरी वार्षिक रुपमा एउटा तालिमको आयोजना गर्नु पर्ने बताए । वार्षिक रुपमा तालिम गराउदा विद्यार्थीले पनि सिकेको सिपबाट आयआर्जन गर्न सक्ने अवस्था सिर्जना हुने सदस्य तामाङले बताए ।

यसोधरा माध्यमिक विद्यालय विषेश शिक्षा विभागको आयोजना तथा शिक्षा विकास निर्देशनालय धनकुटाको आर्थिक सहयोगमा वैशाख ३१ बाट सुरु गरी जेष्ठ ६ गते आईतवार समापन गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार