पौदुङ्मा १ श्याम्शिलामा महिला लक्षित कार्यक्रममा अन्यमितता भएको भन्दै वडा कार्यालयमा लगाए ताला

भोजपुर । पौवादुम्मा गाउपालिका वडानम्वर एक श्यामशिलाको वडा कार्यालयमा स्थानियहरुले ताला तालावन्दि गरेकाछन । वडामा सञ्चालित महिला लक्षित कार्याक्रममा चरम अनियमितता भएको भन्दै छानविनको मागगर्दै वुधवार ताला लगाएकाहुन् । संघर्ष समितिले आर्थिकवर्ष ०८०—०८१ को पालिका स्तरीय महिला विकासवोर्ड मार्फत सञ्चातित महिला लक्षित कार्यक्रममा अनियमितता भएको वुधवार पत्रकार सम्मेलन मार्फत विज्ञप्ति जारीगर्दै विज्ञाप्ती सर्वजनीक गरेका छन् ।

महिला लक्षित गड्यौलेमल वनाउनका सञ्चालित कार्यक्रममा कार्यपालिका सदस्य पोसि शेर्पाको एकलौटि तवरले मनोमानि ढङगले काम गरेको र पारदर्शि नभएको विज्ञप्तिमा उल्लेख गरीएकोछ । विक्षप्तिमा गड्यौले मल वनाउन कार्यपालिका सदस्य पोसि शेर्पाको संयोजकत्वमा टोल समुहहरुलाई चाहिने सामाग्री खरिदमा एकल निर्णय गर्दै आफु खुसिले खरिद र ढुवानि गरी उपलव्ध गराईएको र समुहहरुले विल भरपाई खोज्दा नदेखाईए पछि पारदर्शि नरहेको उल्लेख गर्दै अन्यमितता भएको विज्ञाप्तीमा उल्लेख गरिएको छ ।

पालिकाको ५० प्रतिशत र कृषक वाट ५० प्रतिशत लगानी गर्ने गरी गड्यौलेमल वनाउने कार्यक्रम अनुसार उक्त गड्यौले मल वनाउन दश वटा समुह निर्माण गरीएको थियो । तर समुहलाई केहि थाहा नभई सामग्री खरिद दुवानी भएपछि समुहले वाराम्वार विल भरपाई माग्दा कार्यपालिका सदस्य पोसि शेर्पाले विल भरपाई नदेखाएपछि कार्यक्रममा घोटला भएको स्थानीय महिलाहरुले बताएका छन्

वडा अध्यक्ष राजेन्द्र तामाङ सहित समुहका सदस्य तथा सामाजिक अगुवा राजनितिक दल विच भएको छलफलमा पोशि शेर्पाले गल्ति गरेको महशुस गरे पनि विल भर्पाई विना नवनाई सार्वजनिक लेखापरीक्षण समुहमा नगराईएको वताईएकोछ ।

पोसि शेर्पाले १० वटा समिति गठन समितिको खाता खोल्न समितिको कोषध्यक्षलाई वाईपास गरी अध्यक्ष र सचिवको नामा खाता खोलीलेको र त्यसपछि कसरी निकासा भो पैसा कसरि वाडियो आफुुलाई केहि थाहा नभएको समितिका सचिव निर्मला काकीले बताईन ।

यता वडा अध्यक्ष राजेन्द्र तामाङले भने यो योजना पालिका वाट सञ्चालित भएकाले उत्रः कार्यक्रममा समुह पनि बनाएकाले समुह र पोसि शेर्पा नै जवाफदेही हुनु पर्ने बताएका छन् । अध्यक्ष तामाङले योजनाको लागि समुह बनाईएकोले यसको सम्पुर्ण काम समुहले गर्नु पर्ने र वाकी रहेकोको अनियमितताको कुरा पनि समुह र फोशि शेर्पाले नै मिलाउनु पर्ने बताउदै कमजोरी भए कारवाहीको दायरामा आउनु पर्ने बताए ।

संघर्ष समितिले भने विगतमा पनि कार्यपालिका सदस्य पोसि शेर्पाले कमजोरी गरेको आरोप लगाएकोछ । यता पोसि शेर्पा भने आफुले गल्ति नगरेको वताएकीछिन । समुहमा आवश्यक सामान समुहका अध्यक्षको फुर्सद नमिलेका कारण आफुले खरिद र ढुवानि गरेको बताएकी छिन् । उनले भनिन् सामान मैलेनै खरदि गरेको हु त्यहि पनि समुहको अध्यक्ष नभ्याएर हो । मेलै समान यहि श्यामशिलामा खरिद गरेको हो मैले कुनै खराव काम गरेको हछुईन मेरो गल्ती भनेको योजनाको पैसा मैले वजारमा दिए यो नै मेरो गल्ति भयो । यता संघषै समितिले भने वुधवारवाटै उचित छानविन माग सहित वडा कार्यलयमा अनिश्चित कालीन ताला वन्दि गरेको छ ।

वडामा ताला लगाइ पछि संर्घष समितिका संयोजक रन्जना राईले यस घटनाको सत्यतथ्य छानविन नभए सक्म ताला नखेल्ने बताएकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार