सुनसरीबाट स्रोत नखुलेको १ करोड १ लाख रुपैयाँ बरामद

सुनसरी । सुनसरीबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १ करोड १ लाख रुपैयाँ बरामद गरेको छ। सुनसरी हरिनगर गाउँपालिका(५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट वसन्तपुरको चेकप्वाइन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा१६च ७६१३ नम्बरको कारलाई शंका लागि चेक गर्दा कारभित्र बोरामा लुकाइराखेको सो रकम बरामद भएको हो ।

बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान ९९७ लाख० र ५ सय दरको ८ सय थान ९४ लाख० रहेको छ । रकमसँगै कार र चालक सुनसरी जिल्ला हरिनगर गाउँपालिका(५ बस्ने अन्दाजी ३७ वर्षीय ईसा अन्सारीलाई सशस्त्रले नियन्त्रणमा लिएको छ । प्रारम्भिक सोधपुछमा उनले सो रकमको स्रोत खुलाउन सकेका छैनन् । नगद रकम, कार र चालकलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने सशस्त्र प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार