भोजपुरमा भएको दुई दिने कान शिविरबाट दुई सय ३५ जनाले गराए कानको उपचार

भोजपुर । भोजपुरमा कान जाच तथा उपचार शिविरबाट दुई सय ३५ जनाले कानको उपचार गएका छन् ।

शनीवार र आईतवार संचालन गरिएको शिविरबाट सुनाई जाच ८६ जना, कान सफा २४ जना र निशुल्क औषधी वितरण १ सय ९२ जनलाई गरिएको छ भने कानको अप्रेशनको लागि १६ जनलाई रेफर गरिएको आँखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङले बताए ।
नेपाल नेत्र ज्योति संघ आँखा तथा कान उपचार केन्द्र भोजपुर, लहान आँखा उपचार केन्द्र र बिराटनगर आँखा अस्पतालको संयुक्त आयोजनामा दुई दिने शिविर आयोजना गरिएको हो ।

आँखा शिविर संचालन गर्दै आएको र आखाँसँगै कानको समेत सहज उपचारको लागि कान परीक्षण शिविरको आयोजना गरिएको प्रमुख तामाङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार