कानूनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री बन्ने भएका छन् ।

शीतलनिवासमा केहीबेरमा कार्कीले राष्ट्रपतिबाट सपथ लिनेछन् । अर्थ मन्त्रालय नेकपा माओवादी केन्द्रले पाउने भएपछि कार्कीले कानून मन्त्रालयको जिम्मेवारी पाएका हुन् । कार्की यसअघि देउवा सरकारमा अर्थमन्त्री भइसकेका छन् ।

देउवा सरकारमा आज कार्कीसँगै, गृहमन्त्रीमा बालकृष्ण खाँड, अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भूसालले सपथ लिँदैछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार