प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाबाट प्राप्त गरे विश्वासको मत

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
पुनःस्थापित प्रतिनिधि सभाको आइतवार बसेको दोस्रो बैठकमा प्रतिनिधि सभामा तत्काल कायम संख्याको बहुमत सदस्यले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका हुन् ।

प्रधानमन्त्री देउवाले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा देउवाको पक्षमा १६५ र विपक्षमा ८३ मत परेको सभामुख अग्नि सापकोटाले जानकारी दिए । तटस्थमा एक मत पर्यो भने मतदानमा कुल २४९ सदस्य सहभागी भएका थिए ।

देउवालाई कांग्रेस र ९माओवादी केन्द्र०का सांसदले पार्टी निर्णयबमोजिम नै मतदान गरे भने जसपाका विवादरत दुई पक्षले छुट्टाछुट्टै निर्णय गरी मतदान गरे ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देउवालाई विश्वासको मत नदिने संस्थागत निर्णय गरे पनि ओली र नेपाल पक्षका केही सांसदले समेत देउवालाई मत दिए ।

माधव नेपाल पक्षको समर्थन पाउने पक्का भएपछि नै देउवाले विश्वासको मत लिने प्रक्रिया अगाडि बढाएका थिए ।
जसपाको महन्थ ठाकुर पक्षले अन्तिममा आएर विश्वासको मत दिने निर्णय गरेको थियो ।

७६ ९५० को प्रधानमन्त्रीलाई विश्वासको मत दिने सांसदलाई राजनीतिक दलसम्बन्धी ऐनअनुसार कारवाही गर्ने नमिल्ने फैसला सर्वोच्च अदालतले गरेको थियो ।
सर्वोच्चको परमादेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले असार २८ गते देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार