एमाले प्रदेश १ को संसदीय दलको नेतामा आचार्य चयन, केही बेरमा मुख्यमन्त्रीको शपथ ग्रहण गर्दै

विराटनगर, १० भदौ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज बिहीबार दलको नेता र मुख्यमन्त्रीबाट राजिनामा दिने भएका छन् । नेकपा एमालेको उच्च स्रोत अनुसार मुख्यमन्त्री राईले बिहीबार विहान ११ बजेका लागि दलको बैठक बोलाइसकेका छन् ।

बैठक संसद सचिवालयस्थित एमाले संसदीय दलको बैठक हलमा बस्ने जनाइएको छ । सोही बैठकमा राईले दलको नेताबाट राजिनामा दिने र भीम आचार्यलाई दलको नेता चयन गरिने तयारी छ ।

नेता चयनपछि मुख्यमन्त्री राईले प्रदेशप्रमुख समक्ष राजिनामा दिने, राजिनामा बिहीबार नै स्वीकृत भएर दलको निर्णय अनुसार आचार्यलाई मुख्यमन्त्री चयनका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने तयारी भएको एमाले स्रोतले जनाएको छ ।

बिहीबार नै आचार्यले मुख्यमन्त्रीको सपथ लिने तयारी भइरहेको जनाइएको छ । मुख्यमन्त्री राई र आचार्य दुवैजना भने काठमाडौंबाट बिहीबार विहान विराटनगर आइपुग्दैछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार