षडानन्द नगरपालिका बाहेक नेपाली कांग्रेसको पालिका अधिवेशन सम्पन्न

भोजपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भोजपुरको ९ वटा स्थानीय तहहरु मध्ये ८ वटा स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । जिल्लाको षडान्नद नगरपालिकामा भने सभापतीको उम्मेरद्वारको विवाद टुङ्गो लाग्न नसकेपछि अधिवेशन स्थगीत गरीएको छ । भोजपुर नगरपालिका र ७ वटा गाउँपालिकाको अधिवेशन भने सम्पन्न भएको छ । त्यसमध्ये पनी भोजपुर नगरपालिका र पौवादुङमा गाउँपालिकामा निर्वाचन भएको थियो भने अन्यमा सर्वसम्मत नेतृत्व चयन भएको थियो ।
जिल्ला भरीका ९ वटा स्थानीय तहहरु मध्ये अरुण गाउँपालिकामा श्रीकुमार राई, पौवादुङ्मा गाउँपालिकामा मनोज कार्की, भोजपुर नगरपालिकामा असोक राई, रामप्रसादराई गाउँपालिकामा विरेन्द्र राई, हतुवागढि गाउँपालिकामा बाल कुमार राई, आमचोक गाउँपालिकामा रविन राई, टेम्कैमैयुङ गाउँपालिकामा विनोद राई, साल्पासिलिछो गाउँपालिकामा सुरज राई चयन भएका छन् ।
भोजपुर नगर सभापतीमा असोक राई निर्वाचित
भोजपुर । नेपाली काङ्ग्रेसको १४ औँ अधिवेशनको पालिका स्तरीय अधिवेशन अन्तरगर्त भोजपुर नगरपालिकाको सभापतीमा असोक राई निर्वाचित भएका छन् ।शनिबार भएको निर्वाचनबाट असोक राईले प्रत्यासी प्रेम भण्डारीलाई ११ मतले पछि पादै उनी निर्वाचित भएका हुन् । क्षेत्रिय प्रतिनिधिहरुको कुल मत मध्ये राईलाई १ सय २ र भण्डारीलाई ९१ मत प्राप्त भएको थियो । समितिको उपसभापतीमा सुनील राई, हरी केशी, सचिवमा सञ्जय श्रेष्ठ, प्रसाद तामाङ, सहसचिवमा सरस्वती श्रेष्ठ, अन्जु पाण्डे सर्वसम्मत चयन भएको सचिव प्रसाद तामाङले जनाए ।
त्यस्तै असोक राईको सभापतीत्वमा नवगठित ६७ सदस्य नगरकार्य समिति चयन भएको समेत सचिव तामाङले बताए ।
अरुण गाउँपालिका सभापतीमा श्रीकुमार राई, रामप्रसादराई गाउँपालिका सभापतीमा विरेन्द्र राई, साल्पासिलिछो गाउँपालिका सभापतीमा सुरज राई, पौवादुङ्मा गाउँपालिका सभापतीमा मनोज कार्की निर्वाचित, हतुवागढि सभापतीमा बाल कुमार राई सर्वसम्मत चयन भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार