काठमाडौ । नेकपा एमालेमा २२५ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव गरिएको छ । गोदावारीमा शुरू भएको विधान महाधिवेशनमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, सचिव ६ जनाको प्रस्ताव गरिएको छ ।
उपमहासचिवको व्यवस्था भने हटाउने प्रस्ताव गरिएको छ । विधान संशोधन प्रस्ताव केहीबेरमा उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्दैछन् ।